यस बर्षको चैतमा ‘प्रेम गीत ३’

‘प्रेम गीत ३’ गतबर्ष चैत २८ मा सार्वजनिक प्रदर्शनको तयारी गरिएको थियो । तर लकडाउनको कारण फिल्म प्रदर्शन हुन सकेन । तर अब फिल्म यस वर्षको चैतमा प्रदर्शन हुने छ । फिल्म निर्माणमा समय खर्चिए झैँ प्रमोसनमा समेत समय खर्चिएर फिल्म १० महिना पछि सार्वजनिक गर्ने निर्देशक सेनले बताएका छन् ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रम पुरी, लक्ष्मी वर्देवा लगायतको अभिनय रहेको फिल्ममा सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको छ । आशुसेन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा कल्याण सिंह, एलिस कार्कीको संगीत, हिमाल केसीको द्धन्द्ध, कविराज गहतराजको नृत्य तथा बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ ।