खनालको रास्ट्र भक्तिको गीत सार्वजनिक

लेखक चुरामणि खनालको गीत सार्वजनिक भएको छ । ‘नबिर्सौँ वीरताको गाथा’ बोलको गीतमा खनाल स्वयंको शब्द, सङ्गीत र स्वर रहेको छ । गीतमा खनाललाई मनिका विश्वकर्माले स्वरमा साथ दिएकी छन् । भिडियोमा गौतम खाती र साया भण्डारी फिचर्ड छन् । मनोज बस्नेतले खिचेको भिडियोलाई कथा एक्सप्रेसले प्रस्तुत गरेको हो ।