अर्जुन तामांगको ‘नम्बरी सुन’ (भिडियो)

अर्जुन तामाङको स्वर रहेको गीत ‘नम्बरी सुन’सार्वजनिक भएको छ । आर.बि लामाको संगीत तथा संगीत संयोजन रहेको सेलो पप गीतमा शब्द रमन तामाङको रहेको छ । कोष बम्जनले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । सार्वजनिक भिडियोमा हेरुका लामा र पुसन लामा फिचर्ड छन् ।  भिडियोलाइ हेरुका लामाले निर्देशन गरेका हुन् ।