छोटो फिल्म हुँदै फिल्मसम्मको सतिशको यात्रा

फिल्म ”२ नम्बरी मा कास्कीमा छायांकनकै क्रममा थिए, फिल्म रोकियो । सतिश खत्री छोटो फिल्म हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका कलाकार हुन् । उनको अभिनय फिल्म ‘डोली’ मा धेरैले मन पराएका थिए । उक्त फिल्ममा उनले प्रहरीको भूमिका निभाएका थिए । फिल्म क्षेत्रमा परिवारबाट कोही पनि नभएका उनलाई फिल्म सम्मको यात्रा तय गर्न समेत लामो समय कुर्न पर्यो । मध्यमवर्गीय परिवारका उनले लगानी गरेर हिरो बन्ने कुरामा कहिल्यै विश्वास गरेनन् ।

दर्जन बढी छोटो फिल्ममा काम गरेका उनको छोटो फिल्म ‘झड्केलो’ मा समेत मुख्य भूमिका रहेको छ एक पछि अर्को फिल्ममा अभिनय गर्ने क्रममा उनले आफुलाई निखार्दै लगेका छन् । आकर्षक शरीर र पोख्त कलाकारको झैँ अभिनयले उनलाई दर्शक माझ चिनिन सजिलो भएको छ । कोरोना भाइरसको कारण फिल्मको काम ठप्प नै छ । तर पनि सतिश आतिएका भने छैनन् । केहि समयमा नै स्थिति सामान्य हुने अपेक्षा राखेका उनले । डिजिटल प्लेटफर्म मार्फत समेत काम अगाडी बढाउन सकिने विकल्प देखेका छन् । अहिले उनी राज बहादुर सानेकै वेव सिरिज ‘कलेज लभ’ को तयारीमा छन्  । लकडाउनको समयमा समेत सानो तिमो काम गर्दै गरेका खत्रीको आगामी फिल्मी जीवनको सफलताको कामना।