छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक

छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक भएको छ । फिल्ममा अमृत ढुंगाना, सन्जोग रसाइली, आकांक्षा तामांग, मनिष गौतम,  आर सी रिमाल र देवराज भण्डारीको अभिनय रहेको छ । कला निर्देशन विजय चौधरीले गरेका छन् भने क्रिएटिभ एड्भाइजर देवराज मानन्धर र रंजित गुप्ता रहेका छन् । एसोसिएट डिरेक्टर सागर श्रेष्ठ रहेका छन् भने समाचार बाचक विनु गुरुङ छन् । भिडियो छायांकन राजकुमार श्रेष्ठले गरेका छन् । भिडियो लेखन  मनिष गौतमले गरेका छन् भने स्क्रिन प्ले र डाइलग मनिष र मित्र डी गुरुङको रहेको छ ।  फिल्म ज्ञान धन र जेनरस गुरुङले निर्माण गरेका हुन् । फिल्ममा कथा सम्पादन र निर्देशन मित्र डी गुरुङले गरेका छन् ।