‘दलित’ छोटो फिल्म

छोटो फिल्म ‘दलित सार्वजनिक भएको छ । इलाममा छायांकन गरिएको फिल्ममा लिला घिमिरे, खेमरा ढकाल, रोशन दास, रविन धिमाल, नवयुग निरौला, सम्झना निरौला, रन्जु निरौला, निशान निरौला, ग्यान्द्र निरौला, संजय निरौला, भुवन निरौला र दिपेश बरालको अभिनय छ । भिडियोमा प्रयोग भएको कभर गीत दिपेश बरालले गएका हुन् । भिडियो नकुल निरौलाले छायांकन गरेका छन् भने स्क्रिप्ट रोशन दासको रहेको छ । नकुलले नै सम्पादन गरेको फिल्म नकुल र रोशनले निर्देशन गरेका हुन्।