सुशान्तको आत्महत्या लगत्तै उनकी भाउजुको समेत निधन

भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन लगत्तै उनकी भाउजुको समेत प्राण गएको छ । सुशान्तले आत्महत्या गरेपछि यसको पीडा साहना नसकेका भाउजुको पनि ज्यान गएको हो । बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवीको सोमबार निधन भएको भारतीय संचारमाध्यमले लेखेका छन् ।

सुशान्तको मृत्युको खबर गाउँसम्म पुगेपछि उनकी भाउजुलाई धक्का लाग्यो उनी समेत डिप्रेसनको शिकार थिइन् । उनले खबर पाएलगत्तै खान पिउन छोडेकी थिइन् । र मुम्बइमा सुशान्तको अन्तिम संस्कार चलिरहेका बेला उता उनकी भाउजुको पनि निधन भयो ।