‘आँधी तुफान’ सिक्वेलको तयारीमा मौनता

सफल फिल्म ‘आँधी तुफान’ को सिक्वेल निर्माण हुने भएको छ । स्क्रिप्ट राइटर तथा निर्माता मौनता श्रेष्ठले ‘आँधी तुफान २’ निर्माण गर्ने घोषणा गरेका हुन् । महिलाको एक्सन रहने फिल्मको स्क्रिप्ट तयार भैसकेको र भदौदेखि छायांकनमा जाने तयारी रहेको छ । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहने फिल्मका लागि निर्देशक र कलाकार फाइनल भएको छैन ।

‘आँधी तुफान’मा भने महेन्द्र बुढाथोकीको निर्देशन र पूजना प्रधान, ऋचा घिमिरे र रन्जु लामिछानेको अभिनय भूमिका थियो । नया पुराना कलाकार राखेर नारीप्रधान फिल्म निर्माण गर्ने टिमको तयारी छ ।