अशोक दर्जीको सोलो गीत ‘प्रणाम’ सार्वजनिक

पहिलो पटक अशोक दर्जीको स्वरमा गीत ‘प्रणाम’ सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत र संगीत संयोजन टंक बुढाथोकीको रहेको छ । भिडियोमा ए आर बुढाथोकी र अशोक फिचर्ड छन् ।  कोरीयोग्राफी नवराज उप्रेतीले गरेका छन् भने सम्पादन मनोज कार्कीको रहेको छ ।  शृंगार सरिता प्रजापतिको रहेको भिडियो कन्सेप्ट र निर्देशन टंक कै रहेको छ।