निरिषा बस्नेत कोरोना नेगेटिभ

कलाकार निरिषा बस्नेत कोरोना सङ्क्रमण मुक्त भएकी छन्   । भारतमा रहेर संघर्ष गरिरहेकी निरिषा कोरोना भाइरस सङ्क्रमण मुक्त  भएको उनका बाबु कलाकार शक्ति बस्नेतले पुष्टि गरेका हुन् । उनलाई मुम्बई स्थित एक अस्पतालमा राखिएको थियो ।

नेपाली फिल्म ‘जानी नजानी’मा मुख्य अभिनेत्रीको भूमिका निभाएकी निरिषाले भारतीय सिरियल ‘चन्द्र नन्दिनी’ मा काम गरिसकेकी छन् ।