मेचु धिमालको ‘फसायौ नि मिठो बोलेर’ (भिडियो)

गायिका मेचु धमालले आफैले अभिनय गरेको गीत ‘फसायौ नि मिठो बोलेर’ सार्वजनिक भएको छ । भिडियोमा मोडल सुजन मार्फा तामाङले समेत नृत्य गरेका छन् । लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीत रहेको गीतमा संगीत संयोजन देवेश राईले गरेका छन् । अनिल के मानन्धरले छायांकन गरेको भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । प्रविन भट्टले सम्पादन गरेको भिडियो दर्शकले मन पराउने अपेक्षा गरिएको हो ।