अग्रज भट्टराईको ‘सबै भन्छन्’ सार्वजनिक

बाल गायक अग्रज भट्टराईको स्वरमा रहेको गीत ‘सबै भन्छन’ सार्वजनिक भएको छ । गीतमा एस पी कोइरालाको शब्द रहेको छ भने शान्तीराम राईको संगीत रहको छ । अग्रज संगीतको आदर्श र प्रेरणाको स्रोत गायक तथा संगीकार क्षितिज कुलुङलाई मान्छन् । राजधानीको अक्षरा स्कुलमा कक्षा ७ मा अध्ययनरत बाल गायक भट्टराई सानै उमेरदेखि गीत गाउनमा औधी रुची राख्ने गर्थे ।