दीपशिखा फिचर्ड ‘मलाई आफ्नै सम्झिएर’ सार्वजनिक

युगल जोडीको वियोगको कथामा गीत ‘मलाइ आफ्नै सम्झिएर’ को भिडियो तयार भएको छ । भिडियोमा दीपशिखा सिंह खड्का र विनोद श्रेष्ठको अभिनय रहेको छ । राजेश पायल राई र प्रविशा अधिकारीको स्वर रहेको गीतको भिडियो बिक्रम कुमार श्रेष्ठले सम्पादन गरेका हुन् । छायांकन र निर्देशन भने भेषबन्धु ढकालले सम्हालेका छन् ।