चपस कास्कीको आयोजनामा ‘लकडाउन पछिको नेपाली चलचित्र’ चर्चा सम्पन्न

चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा शनिबार ‘लकडाउन पछिको नेपाली चलचित्र : चुनौती, यथार्थ र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा फिल्म निर्देशक अनुप बराल, कलाकार माओत्से गुरूङ र हल सञ्चालक निकेश द्वासँग पत्रकार अपिल त्रिपाठीले सहजीकरण गरेका थिए ।

चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघ अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, अभिनेत्री तथा निर्माता रेखा थापा, कलाकार दीपकराज गिरीले भिडियो मार्फत आफ्नो धारणा राखेका थिए । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीको अध्यक्षतामा सामाजिक दुरी कायम गर्दै सम्पन्न भएको कार्यक्रममा कलाकर्मी, पत्रकारहरूको उपस्थिति थियो । कार्यक्रममा दर्शक दिर्घबाट आएका प्रश्नलाई समेत सम्बोधन गरिएको थियो कार्यक्रम मार्फत ‘फिल्म क्षेत्रलाई अब के ?’ भन्ने प्रश्नको जवाफ खोज्ने प्रयास गरिएको थियो ।