प्रताप दासको ‘जात’ सार्वजनिक

गायक प्रताप दास र चिरन्जीवी सापकोटा (जीबी चिरन)ले नयाँ गीत ‘जात’ सार्वजनिक गरेका छन् । जातीय विभेद गर्न हुँदैन भन्ने भाव बोकेको गीतमा प्रताप, चिरन्जीवी र प्रविण भट्टको स्वर छ । ललित पौडेलको शब्द सिर्जना रहेको गीतमा ओम सुनारको संगीत छ । चिरन्जीवीकै निर्देशक रहेको भिडियोमा गीता ढुंगाना, अभी सुनार र रविन्द्र सुवेदीको अभिनय छ । भिडियोमा प्रकाश खड्काको छायांकन र दिन्सोन शाहको सम्पादन छ ।