केकी अधिकारी र नरेन खड्काको ‘म कैदि प्रेमको’

गजलकार दीपक समिपको गजल ‘म कैदि प्रेमको’ म्युजिक भिडियो सार्वजनिक भएको छ । केशवराज आचार्यको स्वर तथा संगीतमा रहेको गजलको म्यूजिक भिडियोमा नायिका केकी अधिकारी र नरेन खड्काको फिर्चड छ । सपोटिप्स रोलमाजीवन खड्कालाई देख्न सकिन्छ ।
दीपा घिमिरे आचार्यको लगानी रहेको गजलको निर्देशन भने मोहनराज अधिकारीले गरेका छन् ।

जुगल डंगोलको म्यूजिक एरेन्ज छ भने अमृत सुनुवारले खिचेका छन् । सम्पादन माधव बेलबासेको छ । गजल सन्ध्या पोखराका पुर्वअध्यक्ष समेत रहेका समिपको रेकर्ड भएको यो दोस्रो गजल हो । उनको २०६२ सालमा “भूगोलभित्र नकोरिएको देश “ गजल संग्रह प्रकाशित भएको छ ।