दुर्गेशको क्रेजले चम्किएकी एलिजा !

ऋषि धमलाकी श्रीमती एलिजा गौतमको फिल्म मोह सकिएको छ । उनले लगानी गरेर आफै बनाएको फिल्म ‘अनुराग’ले हलमा पानी भन्न नपाई उत्रनु पर्यो । ठुलो लगानी परेको फिल्ममा लगानी मात्र उनको डुवेन गाली पनि लगानी गरे जतिकै खानु परेको थियो । उनको अभिनयलाई दर्शकले बेस्मारी झपारेपछि थोरै लगानी मा बन्ने म्युजिक भिडियोमा लागेकी छन् ।

आजै रिलिज भएको म्युजिक भिडियो ‘आधी कपाल’ ले राम्रै दर्शक पाएको छ । फिल्ममा मन नपराएका दर्शकले म्युजिक भिडियोमा भने राम्रै तारिफ गरेका छन् । यस गीतको म्युजिक भिडियोमा दुर्गेश थापाले उनलाई साथ दिएका छन् । जसका कारण पनि उनी चलेको दर्शकले अनुमान लगाएका छन् । दुर्गेशसँग भिडियो खेलेर धेरै मख्ख नपरे हुन्छ है एलिजा । दुर्गेशको क्रेजले त कतै चम्केको नि हुन सक्छ है ?