लुक्स मात्रै बनाउने कि फिल्म पनि निखिल दाई

अभिनेता निखिल उप्रेतीले नयाँ फिल्म बनाउने भनेर हल्ला गरेको पनि लामै समय भइसक्यो । उनले फिल्म ‘भैरव’ को सिक्वेल ‘आयो भैरव’ बनाउने चर्चा पनि पुरानो भएसक्यो तर उनको फिल्म बन्ने छाँटकाँट अहिलेसम्म देखिएन । तर उनी अव भने फिल्म बनाउन तात्तिएका छन् । उनले फिल्म ‘भैरव’ कै सिक्वेल ‘आयो भैरव’का लागि लकडाउनमा काम गरिरहेका छन् । आफैले निर्देशन गर्न लागेको फिल्म ‘आयो भैरव ’ चाँडै फ्लोरमा जाने बताइएको छ ।

उनले आयो भैरवका लागि नयाँ लुक्स बनाएका छन् । दारी कपाल लामो बनाएका निखिललाई झट्ट हेर्दा चिन्न मुस्किल पर्छ । हेर्नेले पहिलाको र अहिलेको निखिल भनेर ठम्याउन निकै समय लाग्छ । झ्याप्प दारी कपाल पालेका छन् । दारी कपाल पालेका निखिललाई जो कोही लाई ठम्याउन मुश्किल पर्छ । उनको नयाँ लुक्सले उनका दर्शकहरुलाई आस पलाएको छ । निखिलले लकडाउन खुलेपछि फिल्म ‘आयो भैरव ’लाई फ्लोरमा लैजादैछन् । जसको तयारी अहिले भइरहेको जानकारी प्राप्त भएको छ । लामै समय हल्ला भएको फिल्म फेरि हल्लाकारी  चाही नहोस् है निखिल दाई ? हाम्रो सुझाव छ ।