दुर्गेशलाई लाग्यो गीत चोरीको आरोप

केहि बर्ष देखि गायक दुर्गेश थापा विवादमा मुछिदै आएका छन् । उनी आफ्नै गीतका शब्दबाट पनि आरोप मुक्त हुन सकेका छैनन् । युवापुस्तामा एकदमै रुचाइएका गायक तथा मोडल दुर्गेश थापा फेरि एक पटक विवादमा आएका छन् ।

उनले बजारमा ल्याएको पोहोर सालको गीत ‘हामी पनि नाच्नुपर्छ बिच्चबिच्चमा’ बोलको गीतले सर्वाधिक चर्चा पायो । त्यहि गीतको सिक्वेल ‘बिच्च बिच्चमा २ ’ नामक तीज गीत बजारमा ल्याएका छन् । जुन गीतले अहिले चोरीको आरोप खेपाएको छ ।

उनले ‘लोक पपशैली’मा ‘एउटा फोटो खिच’ गीत उनले सार्वजनिक गरेको केहि दिनमै उनलाई चोरीको आरोप लागेको हो । लोक कवि अली मियाँको गीतको अन्तरा हुबहु चोरी गरेको आरोप अली मिया लोक वाङ्मय प्रतिष्ठानले लगाएको छ । दुर्गेशले ‘आकासमै बादलु डम्मै छ’ अन्तरा हुबहु चोरी गरेको आरोप अलि मिया लोक वाङ्मय प्रतिष्ठानको छ । ‘आकासमै बादलु डम्मै छ’ बोलको गीत निकै गायिका हरिदेवी कोइराला र प्रेमराजा महतले स्वर दिएका छन् ।

गायक दुर्गेशले मेरो फिल्मको कुराकानीमा भने, ‘आफूले सानोमा गाउँघरमा गुनगुनाउँने गर्थे । तर आफुले यो गीत अलि मियाको होला भनेर आफुले गीत बनाएको भने होइन । मैले जानी जानी कसैको गीत चोरेको होइन । मिल्न गएको हो ।’ उनले भने, धेरै गीत धेरै समय लगाएर लेख्छु । मलाई चोरी हाल्नुपर्ने अवस्था पनि होइन । गीत तयार पार्दा लामै समय लाग्यो तर अहिले अर्को गीतसँय संयोग बस् केहि प्रतिशत शब्दहरु मिल्न गयो ।’ गायक दुर्गेशले भने अर्को गीतको तयारीमा रहेका छन् । यसै गीतको सिक्वल बनाउने तयारीमा जुटेका छन् । उनी भन्छन, ‘अब बिच्चबिच्चमा ३’ को तयारीमा छु ।’