प्रभास अभिनित फिल्म ‘राधेश्याम’ को फस्टलुक

कोरोनाका कारण फिल्म क्षेत्र ठप्प भएको लामो समय पछि फिल्मका रिलिज मिती घोषणा हुन थालेको छ । बलिउड स्टार प्रभासको तेस्रो हिन्दी फिल्म ‘राधेश्याम’ फाइनल गदै प्रदर्शन मिति पनि तय गरेको छ । फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म २०२१ मा रिलिज हुने निर्माण टिमले जानकारी दिएको छ । यस फिल्ममा प्रभाससँग पूजा हेगडेले अनस्क्रिन रोमान्स देख्न पाइने छ ।

सार्वजनिक ‘राधेश्याम’ को फस्टलुकमा प्रभासलाई रोमान्टिक मुडमा देख्न सकिन्छ फिल्मलाई भूषण कुमारले निर्माण र निर्देशन राधाकृष्ण कुमारले गर्दैछन् । यो फिल्म तमिल, मलायलम भाषामा पनि बन्ने भएको छ । प्रभासले यसअघि ‘बाहुबली’ र ‘साहो’ खेलेका थिए । उनका दुवै फिल्मले राम्रो कमाई गरेको थियो ।