मरिस्का अभिनित हिन्दी फिल्म ‘यारा’को टिजर रिलिज

अभिनेत्री मरिस्का पोखरेल अभिनित हिन्दी फिल्म ‘यारा’को टिजर सार्वजनिक भएको छ । यस टिजरलाई विद्युत जम्वालको आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको हो । सार्वजनिक भएको टिजरमा  वारको सिनमा अभिनेत्री मरिष्कालाई देखाइएको छ । यस फिल्ममा विद्युत जम्वालसँगै श्रुति हसन र मरिष्का पोखरलेको अभिनय रहेको छ ।

यो फिल्म नेपालको भक्तपुर र लिलितपुर लगायतका ठाउँमा छायाँकन भएको थियो । टिजरमा नेपालकै दृश्यलाई देखाइएको छ । मरिष्काले आफुले खेलेको फिल्मको टिजर सार्वजनकि भएपछि खुसीले सामाजिक सञ्जाल तिर सेयर गरेकी छन् । तर फिल्ममा के कस्तो भुमिका छ त्यो भने जानकारी दिएकी छैनन् । उनको फिल्म हेर्नका लागि नेपली दर्शकले जुलाई ३० सम्म कुर्नै पर्ने हुन्छ । फिल्म सिधै ओटीटी प्लेटफर्म र जि ५ च्यानलमा प्रदर्शन हुने बताइएको छ ।