डेबिड र प्रविसाको आवाजमा ‘रङ्ग हो मेरो जीवनको’

गायक डेभिड शंकर र प्रविसा अधिकारीको स्वरमा नयाँ गीत बजारमा आएको छ । उनीहरुको आवाजमा रहेको ‘ रङ्ग हो मेरो जीवनको…’ बोलको म्युजिक भिडियो बजारमा आएको हो ।

भिडियोलाई बबिता श्रेष्ठले निर्देशन गरेकी छन् भने गीतलाई राजकुमार बगरले लेखेका छन् । । त्यस्तै संगीत गणेश गन्धर्भको रहेको छ । गीतको भिडियोमा अमन श्रेष्ठ र सभ्यता गिरीले अभिनय गरेका छन् । भिडियोलाई प्रियसी म्युजिक प्रालिले युट्युव मार्फत सार्वजनिक गरिएको छ ।