फिल्म ’द मेट्रिक्स ४’ मा अनुबन्धित प्रियंका

विश्वभर फैलिएको कोरोनाभाइरसको महामारीका कारण फिल्मका छायाँङ्कन रोकिएका थिए । महामारी रोक्नका लागि सरकारले लकडाउन देशभर लगाएको थियो । सरकारले लकडाउन विस्तारै खुकुलो पारेसँगै फिल्म निर्माणका काम सुचारु गर्ने तयारीमा फिल्मीकर्मी लागेका छन् ।

बलिउडदेखी हलिउडसम्म चर्चा कमाइरहेकी अभिनेत्री प्रियंका चोपडाले चर्चित एक्सन साइन्स फिक्सन मेट्रिक्सको चौथो श्रृंखलामा अनुबन्धित भएकी छन् । यसको चाँडै नै सामाजिक दुरी कायम गर्दै सुटिङ गर्न लागेको निर्माणपक्षले जनाएको छ । भारतिय सञ्चारमा माध्यमका अनुसार यस फिल्म सन् २०२२ को अप्रिल १ मा रिलिज हुने छ ।

यस फिल्ममा क्यारी एनी मोस, नेल प्याट्रिक ह्यारिस, यह अभ्दुल– माटि लगायतका कलाकारको अभिनय रहने जनाइएको छ । फिल्ममा प्रियंकाको भुमिका बारे कुनै जानकारी गराइएको भने छैन ।