रेखाका चारैजना सेक्युरिटी गार्डलाई कोरोना संक्रमण

बलिउड अभिनेत्री रेखाको घरका सेक्युरिटी गार्डमा कोरोनासंक्रमण देखिएको छ । उनका घरमा रहेका र अन्य ४ अन्य सेक्युरिटी गार्डमा पनि कोरोना संक्रमण देखिएको हो । उनीहरुलाई अहिले कोभिड केन्द्र बृहनमुम्बई लगिएको छ । तर अभिनेत्री रेखाले भने कोरोना टेस्ट अस्वीकार गरिएको बताइएको छ ।

रेखाको घरमा आएका बिएमसी टोलीलाई उनका म्यानेजर लगायतले घरको ढोका नखोली फर्काइदिएका छन् । अभिनेत्री रेखाको घरकी एक जना म्यानेजरले रेखा स्वास्थ रहेको भन्दै पछि जानकारी दिने बताएकी थिइन । अभिनेत्री रेखाको अटेरिपनालाई धेरैले आलोचना गरेका छन् ।