मेरो काँधमा बन्दुक राखेर अनमोलमाथि प्रहार भो : भुवन केसी

फिल्म चलाउनका लागि एउटा कथा र टिम बलियो हुनुपर्छ । जतिसुकै चलेका कलाकार भएपनि फिल्ममा अभिनय फितलो भयो भने फिल्म नचलेको उदाहरण पनि धेरै छन् । अभिनेता भुवन केसीलाईआफु सुपरस्टार भएको आभास पछिल्लो समय हुन छाडेको छ ।

अघिल्लो बर्ष प्रदर्शनमा आएको फिल्म ‘मिस्टर नेपाली’ सुपर फ्लप भएपछि उनी अभिनय गर्ने पक्षमा देखिएका छैनन् । त्यस कारण उनी आफु भन्दा पनि छोराको अभिनयबाट फिल्म चलाउने पक्षमा देखिएका छन् । उनले एक अनलाइनमा दिएको अन्तरवार्तामा दर्शकले फिल्म ब्यानर हेरेर नै फिल्म चल्छ जस्तो कुरा गरेका छन् ।

अभिनेता केसीले आफ्नो ब्यानर सुपर काजोल फिल्म्सले चलचित्र  राम्रो बनाउँछ भन्दै अन्तरवार्ता दिएका छन् । अहिले अनमोल फिल्ममा थपिएको र उसले फिल्ममा राम्रो फिल्म नखेले पनि अनमोलले कोसिस  गरिरहेको बताएका छन् । उनले पछिल्लो समय केही मान्छेहरु भुवन केसीको नामलाई ड्यामेज गर्न लागिपरेको  बताएका छन् । अहिले अनमोलको सफलतामा मान्छेहरु जलेकाले मेरो काँधमा बन्दुक राखेर अनमोलमाथि प्रहार गरेको उनको तर्क छ ।