जोगिन्दर (पानवाला)को आयो ‘लकडाउन’ गाईजात्रा

हास्य कलाकार शिवशंकर रिजाल जोगिन्दर (पानवाला)ले गाईजात्रा विशेष सामग्री सार्वजनिक गरेका छन् । गाइजात्रा प्रस्तुतिमा ‘गोजीमा दाम छैन जनताको मर्म नबुझ्ने नेता केही पनी काम छैन’ बोलको गीतलाई प्यारोडी गीत बनाएर गाइएको छ । सरकारले लगाएको लकडाउन र यो अवधीमा घटेका राजनितीक विषयबस्तुलाई गाइजात्रामा समाबेस गरिएको छ ।

गाइजात्रामा अभिनेत्री रोशनी केसी, गायिका राधिका हमाल, शसी थापा, कुमार गजरेल, शिबराम कार्की, धीरेन्द्र सिंह , शंकर कार्कीले अभिनय गरेका छन् । गाइजात्रालाई ओएसआर डिजिटल को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।