सागर लम्साल‘बले’ र रोशनीले एकअर्कालाई धोका भो भनेपछि

हाँस्यकलाकारको रुपमा आफ्नो गतिलो छवि बनाएका कलाकार सागर लम्साल‘बले’ अहिले म्युजिक भिडियोमा निकै व्यस्त बनिरहेका छन् । उनले अहिले निरन्तर भिडियोमा काम गरिरहेका छन् । यस्तैमा, मंगलबार सागरको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘धोकाभो’ बोलको गीतमा सागर बिल्कुलै फरक अवतारमा देखिएका छन् । अहिलेसम्म कमेडी तथा डान्सिङ गीतमा काम गर्दै आएका सागरले पहिलो पटक ‘स्याड गीत’मा काम गरेका हुन् । 

भिडियोमा सागर दलित युवाको भूमिकामा प्रस्तुत भएका छन् । दलित भएकै कारण आफ्नो प्रेममा परेको बाधालाई भिडियोमा देखाइएको छ । भिडियोमा सागरको जोडीका रुपमा रोशनी कार्की देखिएकी छिन् । सागर भिडियोलाई लिएर निकै उत्साहित छन् । यस गीतमाआफूले फरक काम गर्न पाएकाले उत्साहित रहेको सागर बताउँछन् । सागर भन्छन्, ‘यस गीत मेरो लागि विशेष छ । किनभने यस गीतमा मैले फरक काम गर्ने मौका पाएको छु । एउटा कमेडियनको रूपमा परिचय बनाएर भिडियोमा काम गर्दै गरेको मैले पहिलो पटक स्याड गीतमा काम गरेको छु । त्यसैले मेरो लागि यो गीत विशेष छ ।’

यस भिडियोबाट सागार निकै आशावादी पनि देखिन्छन् । यो भिडियो दर्शकले रुचाएमा आफ्नो फरक परिचय बन्नेमा सागर विश्वस्त देखिन्छन् ।
सार्वजनिक गीतमा सन्तोष सुनारले शब्द, संगीत तथा स्वर रहेको छ । मनोज बस्नेतको निर्देशनमा बनेको भिडियोलाई रामकुमार केसीले खिचेका हुन् । टेकेन्द्र शाहले सम्पादन गरेकोे भिडियोलाई लेखक तथा सहायक निर्देशक राजिव समर गरेका छन् ।
भिडियो