प्रियंका र आयुष्मान अभिनित फिल्म फिल्म ‘चंगा चैट’ युट्युबमा

अभिनेत्री प्रियंका र आयुष्मान अभिनित फिल्म ‘चंगा चैट’ युट्युबमा सार्वजनिक गरिएको छ । फिल्म हिजो राती युट्युव मार्फत सार्वजनिक गरिएको हो । फिल्मले हलमा राम्रो व्यापार गर्न नसके पनि युट्युवमा भने ट्रेण्डिङमा आएको छ । माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण भएको फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्

यस फिल्ममा अभिनत्री प्रियंकाका अलवा आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई ओएसआर युट्युव च्यानलबाट रिलिज गरिएको हो ।