फोटो पत्रकार तथा पत्रकारको सरुवाप्रति महासंघको गम्भीर आपत्ति

- मेराेफिल्म

ठुला मिडियाहरुले पत्रकारहरुलाई सरुवा गर्न थालेपछि पत्रकारहरुले आपत्ति जनाएका छन् । हालै अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत फोटो पत्रकार र पत्रकारहरुलाई सरुवा गरिएपछि पत्रकारहरुले आपत्ति जनाएका छन् । नेपाल न्यूज नेटवर्क इन्टरनेशनल प्रालिले सञ्चारकर्मीलाई अचानक सरुवा गर्न थालेपछि नेपाल पत्रकार महासंघले समेत विज्ञप्ति निकाल्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्रमजीवी पत्रकारहरुलाई जागिरबाट हटाउने उदेश्यसहित गरिएको कथित सरुवाप्रति महासंघ गम्भीर असहमति राख्छ । महासंघ यो पूर्वाग्रही र श्रमजीवी पत्रकार विरोधी कदम तीन दिनभित्र बदर गरी स–सम्मान काममा फर्काउन विनम्र अनुरोध गर्दछ ।’

अन्नपूर्ण पोष्टले पत्रकारहरु विकास कार्की धनगढी (कैलाली), विश्वराज खनाल इलाम, शुशिल पोखरेल दार्चुला, डिल्लीराज उपाध्याय हुम्ला, दीपक घिमिरे रोल्पा र गोविन्द देवकोटालाई मनाङ सरुवा गरेको छ । महासंघले चेतावनी दिँदै विज्ञप्तिमा लेखेको , ‘यो आग्रहलाई कमजोरी ठाने सम्पादकीय नेतृत्वको बर्खास्तीसहित श्रम जीवी पत्रकार ऐनको कार्यान्वयनका माग राखि महासंघ कठोर आन्दोलनमा उत्रन बाध्य हुनेछ ।’

महासंघले सञ्चारकर्मीका जायज मागहरुको सम्वोधन नभए आगामी आइतबार श्रम जीवी पत्रकारहरुको बृहत उपस्थितिसहित अन्नपूर्ण पोष्ट घेराउ गर्दै कठोर आन्दोलनको घोष्णा गर्ने चेतावनी दिएको छ । महासंघले गत असार ३ गते पत्रकारहरुलाई पुरा तलब दिन, बेतलबी बिदामा बस्न बाध्य नपार्न, राजीनामा दिन बाध्य नपार्न आग्रह गरेको थियोे । यो आग्रहलाई बेवास्ता गरिएको भन्दै महासंगले आपत्ति प्रकट गरेको छ ।

२०७७ असार ३१ गते २२:१४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *