कमलाको ‘तरंग’ एल्वम सार्वजनिक

गीतकार कमला न्यौपानेको गीति एल्बम ‘तरंग’ सार्वजनिक भएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएकी गीतकार न्यौपाने पेशाले नर्स हुन् । गीतकार न्यौपानेले परदेशमा रहेर पनि नेपाली साहित्यतर्फ गीत, कबिता, मुक्तक र गजलमा कलम चलाउदै आएकी छन् । उनको एल्बम ‘तरंग’मा संगीतकार येदीन गजमेरको एकल संगीत रहेको छ ।

जसमा राम कृष्ण ढकाल, स्वरूप राज आचार्य, मेलीना राई, अनुप रेग्मी, बानीका प्रधान लगायतका गायक गायिकाको स्वर रहेको छ । एल्बम लोर्कापणको अवसरमा बोल्दै उनले ‘तरंग’ एल्वम मानिसका जीवनमा आइपर्ने सुख दुख, आरोह अवरोह, हासो, रोधन ,सुख, दुख मिलन, बिछोड, प्रेम, त्यागको संगम भएको वताइन् ।