पल र स्वस्तिमा एकअर्कालाई भन्दैछन्,‘मायालु तिमी कता छौँ’

अभिनेता पल शाह र स्वस्तिमा खड्कालाई भने लकडाउनले छोएको छैन । उनीहरु पछिल्लो समय म्युजिक भिडियोमा जमेको जोडीका रुपमा लिइन्छ । आज राजनराज शिवाकोटी र स्मिता दाहालको स्वरमा रहेको ’मायालु तिमि कता छौ २’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दिनेश थपलियाको शब्द र राजनराजको कै संगीत रहेको छ । यस गीतको भिडियोमा अभिनेता पल शाह र स्वस्तिमा खड्काले कम्मर मर्काएका छन् ।

विक्रमले कोरियोग्राफी गरेको भिडियोलाई सरोज ओलीले निर्देशन गरेका छन् । भिडियोमा पल र स्वस्तिमाको साथमा बाल कलाकार एन्जल राई र अरविन खड्काले अभिनय गरेका छन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । यो गीतको पहिलो भाग एक बर्ष अगाडी हिट भएको थियो । जसको सिक्वेल भाग दुइ ‘मायालु तिमी कता छौ’लाई पनि सार्वजनिक गरिएको छ ।