कोरोनाभाइरसबाट संक्रमित अभिनेत्री ऐश्वर्या रायलाई गरियो अस्पताल भर्ना

कोरोनाभाइरसबाट संक्रमित बनेकी अभिनेत्री ऐश्वर्या रायलाई अचानक अस्पताल भर्ना गरिएको छ । उनीसँगै छोरी आराध्यलाई पनि अस्पताल भर्ना गरिएको छ । होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई स्वास्थमा समस्या भएपछि शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’ लगिएको हो ।

केही दिनअघि कोरोना रिपोर्ट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि उनलाई जाल्सास्थित आफ्नै घरमै आइसोलेसनमा राखिएको थियो ।अभिषेक बच्चन र ससूरा अभिनेता अमिताभ बच्चनको पनि नानावती हस्पितलमैे उपचार भइरहेको छ । ऐश्वर्याकी ८ वर्षीया छोरी आराध्यलाई पनि कोरोना पुष्टिभएको थियो ।