सुमनले ल्याए ‘ तिमीलाई भेटेपछि ’

गायक सुमन केसीको स्वरमा आधुनिक गीत ‘ तिमीलाई भेटेपछि ’को अडियो, भिडियो युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।
गीतको भिडियोमा अनिल अधिकारी, स्वीकृती ढुंगेल र प्रकाश अधिकारीले अभिनय गरेका छन् ।

लेखु सहयात्रीको शब्द तथा शंकर स्माइलको संगीत रहेको गीतको भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका छन् । भिडियोलाई भिम विश्वकर्माले सम्पादन गरेका हुन भने छायांकन सरोज अधिकारी कै रहेको छ ।