साहित्यकार प्रा.डा. विष्णुराज आत्रेयको निधन

संस्कृत, नेपाली एवम् अवधि भाषा साहित्य विद्वान प्रा.डा. विष्णुराज आत्रेयको ७५ वर्षको उमेरमा आज निधन भएको छ । उनको साहित्यिक नाम ‘लाटो साथी’ बाट बढि चिनिएका छन् ।

उनी नेपाली भाषामा ‘ढाक्रे’, ‘कपिलवस्तु’, ‘हामीभित्रका म’, ‘हिमालायो नाम नगाधिराज’, ‘अर्ज्याल वंशावली र कुलावृत्त’, ‘भू–भाषिका’, ‘नेपाली हनुमान चालिसा’, ‘कवितामा लाटो साथी’, ‘अथातो जलान जिज्ञासा’, ‘भेटेका पुस्तक टिपेका कुरा’, ‘नेपाली साहित्यकी प्रतिभा भारती खरेल’, ‘आँशुमा प्रकाश’, ‘नयाँ मेघदूत’, ‘श्री गण्डकी देवघाट महात्म्य’, ‘श्री स्वस्थानी’, ‘वैदेही महाकाव्य’, ‘दक्षिणकाली स्तोत्रम’, ‘मातृमहिमा, दुर्वाशेश्वर’, ‘पाणिनी उपन्यास’लगायतका कृति र संस्कृतमा ‘किमुपहरामी’, ‘सरला’, ‘व्यथाविधा’, ‘श्री शंकराचार्य’, ‘धन्यो हिमवत देश’, ‘हनुमदयानम्’, ‘श्रीसत्यनारायणकथामृतम्’लगायतका त्यस्तै अवधि भाषामा ‘सिङ्घिघाट’ जस्ता कृति प्रकाशित छन् ।

त्यस्तै नेपाली, संस्कृत तथा अवधि भाषाका विविध विधामा कलम चलाउँदै आउनुभएका आत्रेयका वैदेही महाकाव्य, सोमतीर्थ, सुपा देउरालीलगायत खण्डकाव्यहरूसँगै ‘हामीभित्रका म’ उपन्याससहित तीन दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । उनी राजनीतिक र सामाजिक विषयमा चोटिलो व्यङ्ग्य लेखनमा पनि सक्रिय रहेका थिए ।