गजितको निर्देशनमा टिभी सिरिज ‘अचानक’

अभिनेता गजित विष्टले टिभी सिरिज ‘अचानक’ बाट निर्देशनमा डेब्यू गरेका छन् । सिरिज ओइपिएलको प्रस्तुतीमा हरेक बुधबार साँझ ८ बजेबाट रमाइलो टेलिभिजनबाट प्रशारण हुनेछ । यस सिरिजको कथा र कन्सेप्ट गतिज आफैले गरेका छन् भने कार्यकारी निर्माताका रुपमा कलाकार निर्मल शर्मा रहेका छन् ।

निर्मल शर्मा, रजनी केसी, गजित विष्ट, कृष्ण सिवाकोटी, प्रकाश बस्नेत, अंशिका बस्नेतलगायतका कलाकारहरुको अभिनय रहेको ‘अचानक’ क्राइम(थ्रिलर सिरिज रहेको निर्देशक गजितले बताए ।

अचनाकमा चन्द्रमणी भट्टराईको शब्द, डेनी निरौलाको संगीत रहेको छ । सुनिल थापाको सम्पादन र राजु केसीको छायांकन रहेको यो सिरिज दर्शकलाई मनपर्ने निर्देशक विष्टको विश्वास छ । रमाइलो एचडीसँग १२ एपिसोडका लागि सम्झौता भएको गजितले बताएका छन् । हाल यो सिरिजको ४ एपिसोडको छायांकन पूरा भइसकेको छ ।