अमिताभ र अभिषेकले जिते कोरोना, डिस्चार्जको तयारी

बलिउड महानायक अमिताभ बच्चन र अभिनेता अभिषेक बच्चनको कोरोनालाई जितेका छन् । उनीहरुको आज पछिल्लो समयको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । एक हप्ता अगाडी कोरोनाको रिपोर्ट पोजेटभ आएको भन्दै मुम्बाईको नानावटी अस्पतालमा उपचार गराइरहेका थिए ।
आफ्ना शुभचिन्तक तथा दर्शकहरुलाई बारम्बार आफ्नो स्वास्थ्यका बारेमा के के भइरहेको छ भन्ने बारेमा सामाजिक सञ्जाल मार्फत अपडेट गराइरहेका थिए । उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनका दर्शक तथा शुभचिन्तक हर्षित भएका छन् । आजको रिपोर्टबाट अमिताभ र अभिषेक कोरोना मुक्त भएका हुन् । कोरोना रिपोर्ट नेगेटिभ आएपछि अमिताभ र अभिषेकलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको जनाइएको छ ।