प्रिती आलेको नयाँ गीत ‘पोखरा’

लोकदोहोरी गायिका प्रिती आलेको नयाँ गीत ‘पोखरा ’ सार्वजनिक भएको छ । प्रिती नेपाली लोकदोहोरी क्षेत्र साथै ब्याटल गीतका चर्चामा रहिरहने गायिका हुन् । उनले गीतमा खेम पुन मगरको संगीत तथा कृष्ण बस्यालको शब्द सिर्जना गीतमा स्वर दिएकी हुन् ।

सार्वजनिक गरिएको भिडियोलाई सुशिल डाँगीको छायाँकन तथा सम्पादन तथा अर्जुन थापाको निर्देशन रहेको छ । भिडियोमा निर आले, स्मृति मगर, सुमन परियार, सीता चन्द, प्रितम थापा, सपना मगर लगायतले अभिनय तथा नृत्य गरेको देख्न सकिन्छ ।