निशा पन्थीले ल्याइन् पोइट्री ‘के तिमी बुझ्छौ’

सञ्चारकर्मी निशा पन्थीको पोइट्री सार्वजनिक भएको छ । हालै निशाको पोइट्री फ्लाइङ वर्डस् युट्युव च्यानलमार्फत् सार्वजनिक भएको हो ।
एनले साार्वजनिक गरेको पोइट्रीमा महिला संवेदना र पीडासँग जोडिनुका साथै महिलालाई मानिसको रुपमा नभई वस्तु र खेलौनाको रुपमा लिइने कुरालाई उजागर गरेको छ । उनका केहि हरफहरु यसपप्रकारका छन् ।

‘के तिमी बुझ्छौ, केटीको पनि मन छ
मायाले छुन्छ, घृणाले रुन्छ
तड्पिन्छ तिम्रो साथको लागि
हरपल तिम्रो मायाको लागि
नजिकिँदा रमाउने, टाढिदा डराउने
केटीको पनि मन हुन्छ, के तिमी बुझ्छौ ?’

पोइट्रीलाई ताङ्बे स्टुडियोमा रेकर्ड गरिएको हो भने सुरज श्रेष्ठले खिचेका छन् । स्वस्तिका केसीको मेकअप, राजन केसीको कन्सेप्ट रहेको छ । पोइट्री क्लाउड नाइन रेष्ट्रो एवम् लाउञ्ज बार चिप्लेढुङ्गा पोखरामा खिचिएको हो ।
भिडियो