अमिताभ बच्चनले आइसोलेसनबाट दुखेसो पोख्दै भने, ‘डाक्टर नै भेट्न आउदैनन्’

बलिउडका सुपरस्टार अमिताभ बच्चनले आफुलाई डाक्टरले भेट्न नआएको बताएका छन् । आफु आइसोलेसनमा छटपटाइरहेका बेला डाक्टर आएर उपचार गर्नुको सट्टा उनले सामाजिक सञ्जालमार्फत डाक्टरले कुराकानी गर्ने गरेको बताएका छन् ।

दुई हप्ता देखि उनमा कोरोना संक्रमण् पुष्टि भएपछि मुम्बईस्थित नानावती अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको त्यहाँ आइसोलेसन वार्डमा उपचार भइरहेका छ । उनले आइसोलेसनबाटै सामाजिक सञ्जालमार्फत आफ्नो दुखेसो पोखेका हुन् । अभितामका चार जना घरका सदस्यमा कोरोना संक्रमण देखिएकाले उनको घरमा बीएमसीले कन्टेन्टमेन्ट जोन अर्थात् रेड जोनको सूचीमा समेत राखेको थियो । जुन अहिले हटाएको छ ।

अस्पतालमा अहिले अमिताभकी पत्नी जया बच्चन बाहेक, बच्चन परिवारका सबै छन् । अस्पतालबाटै आफ्नो स्वास्थ्यको जानकारी गराउदै आएका अभिताभले डाक्टरले जाँचबुझका लागि कम आउने गरेको बताएका छन् । अमिताभले मानसिक स्थितिमा परेको असर र भोगाइको बारेमा एउटा स्टोरी आइसोलेन वार्डबाटै तयार पनि पारिसकेका छन् ।