बलिउड अभिनेत्री ऐश्वर्या राय र छोरी आराध्याले १० दिनमै जिते कोरोना

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्याले १० दिनमा कोरोनालाई जितेर घर फर्केका छन् । उनीहरुले १० दिनको अस्पताल बसाईमा नै कोरोना जितेर घर फर्किएका हुन् । ऐश्वर्य र छोरी आराध्याको कोरोना रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

श्रीमती र छोरीले कोरोना जितेपछि अभिनेता अभिषेक बच्चनले खुशी हुँदै एक ट्विट गरेका छन् । उनले ट्विटमा लेखेका छन्,‘ तपाइँको निरन्तर प्रार्थना र शुभकामना को लागी सबैलाई धन्यवाद । ऐश्वर्या र आराध्याले धन्यवाद नकारात्मक परीक्षण गरे र उनलाई अस्पतालबाट डिस्चार्ज गरियो। तिनीहरू अब घर मा हुनेछन् । मेरो बुबा र म चिकित्सा स्टाफको रेखदेखमा अस्पतालमा छौं ।’