प्रविधिमैत्री हुँदै वाइवाइ नेपाल स्टारको निरन्तरता

नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारले अडिशनका सम्पूर्ण एपिसोडहरु सफलतापूर्वक प्रसारण गरिसकेर नयाँ प्रविधि प्रयोग गर्दै दोस्रो राउण्ड प्रसारण गरिरहेको छ ।

देशका सातै प्रदेशलाई समेटेर अडिशन गरिएनेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारले अडिशनका सम्पूर्ण एपिसोडहरु सफलतापूर्वक प्रसारण गरिसकेर नयाँ प्रविधि प्रयोग गर्दै दोस्रो राउण्ड प्रसारण गरिरहेको छ । देशका सातै प्रदेशलाई समेटेर अडिशन गरिएको यो रियालिटी शो प्रसारणमा आएसँगै विश्वव्यापी रुपमा फैलिएको कोभिड ( १९ का कारण काठमाडौं अडिशनदेखिको प्रसारण मिति समेत सार्दै जेठ ३१ गतेदेखि फेरि थालिएको थियो ।

अडिशनका सबै एपिसोडको प्रसारण सकिएपछि दोस्रो राउण्डको सुरुवात गर्नु अगावै तयारी गर्दै पहिले तय गरिएको फर्म्याटबाट अलि बाहिर निस्केर सामाजिक दूरी कायम गर्दै प्रविधिमैत्री हुँदै यो राउण्डलाई सुरु गरियो । जहाँ अडिशनबाट छानिएका हरेक प्रतिस्पर्धीले आफ्नो स्वर सुहाउँदो गीत चयन गरेर यथास्थानबाटै खिचेर पठाएको भिडियोलाई मञ्चमा बजाउँदै तीनजना निर्णायकहरुलाई मात्र मञ्चमा राखेर गीत सुन्दै मार्किङ गर्ने व्यवस्था मिलाइयो ।प्रतिस्पर्धीले गाएको गीतमा सङ्गीत पनि सुन्न सकिने यो राउन्डदेखिका सबै एपिसोडहरुमा सङ्गीत बजाउँदै साथ दिने साङ्गीतिक समुहमध्येकै दुई बाजा गितार र पियानो बजाएको पनि देख्न सकिन्छ ।

यसरी नेपालका लागि बिल्कुनै नौलो यो प्रविधिबाट तयार गरिएका एपिसोडहरु दुईवटा प्रसारण भइसकेका छन् । जहाँबाट प्रत्येक एपिसोडमा १२ जना गर्दै २४ जना प्रतिस्पर्धीहरु अघिल्लो राउण्डका लागि छनोट भइसकेका छन् । अब यही गतिमा हरेक हप्ता नयाँ एपिसोड प्रस्तुत गर्ने तयारीमा यो कार्यक्रमको निर्माण टोली रहेको बताउँछन् वाइवाइ नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ ।

कार्यक्रमका निर्णायक छन् रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री । नेपाल टेलिभिजनको प्रस्तुतिमा की इन्टरटेन्मेन्टको निर्माणरहेको यो कार्यक्रमको प्रसारण नेपाल टेलिभिजनमा हेर्न सकिनेछ भने नेपाल टेलिभिजनकै युट्युब र मोबाइल एपबाट पनि हेर्न सकिन्छ ।