टेलिभिजनमा ‘जातको प्रश्न’ कार्यक्रम चलाउँदै हमाल

अभिनेता राजेश हमाल फेरि टेलिभिजनमा मार्फत दर्शकमाझ आउने तयारीमा रहेका छन् । हमालले कान्तिपुर टेलिभिजनमार्फत ‘जातको प्रश्न’ नामक कार्यक्रम लिएर आउन लागेका हुन् । यही साउन १७ गते शनिबारबाट कान्तिपुर टेलिभिजनमा ‘जातको प्रश्न’ कार्यक्रम प्रसारण हुन लागेको हो ।

कार्यक्रम प्रत्येक शनिबार साँझ साढे ६ बजे प्रशारण हुने सो कार्यक्रम राति १० बजे पुनः प्रशारण गरिने छ । यस कार्यक्रम समता फाउन्डेशनको प्रस्तुती रहेको छ । राजेश हमालले यस अगाडी एपिवान टेलिजिभनमा ‘को बन्छ करोड ’ कार्यक्रम सञ्जालन गरेका थिए । जुन कार्यक्रम सन्तोष जनक रहेको थियो ।

राजेश हमाल लिएर आउंदैछन् ‘ जातको प्रश्न ‘श्रावण १७ गतेदेखि प्रत्येक शनिबार साँझ ६:३० बजे र राति १०:०० बजे Kantipur Television मा समता फाउण्डेशनको प्रस्तुति ।

Gepostet von Dinesh DC am Dienstag, 28. Juli 2020