‘तितो पिरो’मा कसिसको इन्ट्रि

अभिनेत्री तथा मोडल कसिस दाहाल म्युजिक भिडियोका साथ साथै सिरियलमा अभिनय गर्न थालेकी छन् । उनी रमाइलो टेलिभिजनबाट प्रसारण भइरहेको ‘तितो पिरो ’ सिरियलमा कमलाको भुमिकामा अभिनय गरिहरेकी छन् ।

सिरियल र म्युजिक भिडियोमा अभिनय गर्दा दर्शकले आजको भोली चिन्ने र हेरिरहने भएकाले पनि सिरियलमा आएको बताइन् । उनी भन्छिन्,‘फिल्मको भविष्य तत्काल नभएकाले आफुल सिरियलमा आएको हो । कोरोना भाइरसका कारण फिल्मको छायाँङ्कन भएको छैन । त्यस कारण पनि सिरियल र म्युजिक भिडियोमा हात हालेको हो । ’

उनले अभिनय गरेको फिल्म ‘द प्रिन्स, क्वीन , फुर्के , मन्द मन्द, रोश्नी ’ छायाँङ्कन सकेर प्रदर्शनको पखाईमा रहेका छन् । यि फिल्म हलमा कहिले चल्लान भन्ने उनमा एक प्रकारको चिन्ता छ । फिल्ममा संघर्ष गरिहरेकी कसिसका कुनै पनि फिल्म हलमा प्रदर्शन भएको छ । फिल्म क्षेत्रमा उनी अभागी अभिनेत्रीका रुपमा पनि लिन सकिन्छ । जति फिल्ममा अभिनय गरेकी छन् । ति सबै प्रदर्शनको पर्खाइमा छन् ।
बरु उनले अभिनय गरेका म्युजिक भिडियो भने धमाधम रिलिज भइरहेको छ ।

गजिट बिष्टसँग अभिनय गरेको ‘मैले भन्दा धेरै माया ,उसले तिमीलाई ’ बोलको गीत पछिल्लो समय चर्चामा छ । त्यस्तै रुपक डोटेलको ‘एक्लो जीवन , र दीपक खरेलको ‘मायाको मिठो झरीमा रुझ्ने बेला ’ कसिसले अभिनय गरेका म्युजिक भिडियो हुन् । अभिनेत्री तथा मोडल कसिस भन्छिन्,‘ मेरा लागि फिल्म होस् या म्युजिक भिडियो ,सिरियल होस् सबैमा उतिकै मात्रामा अभिनय गर्नेछु । दर्शक फरक फरक भएका काराण् पनि मैले सिरियल म्युजिक भिडियो र फिल्ममा काम गरेकी हुँ । ’