फिल्म नपाएका दिकपालको ग्रुपिजमलाई दोष

हिरो बन्न गाह्रो छ । हिरो यसै बनिदैन । मोडलिङमा चलेको बेलामा पनि फिल्ममा चल्न सहज छैन । अभिनेता दिकपाल कार्कीले २ वटा फिल्म गरेका छन् । उनले रंग बैजनी, च्याम्पियन फिल्म खेलेका छन् । दुबै फिल्म पत्तासाफ भयो । दिकपाल मोडलिङमा चलिरहेको बेलामा यी दुई फिल्म आए तर चलेनन् । दिकपालको कामले पनि तारिफ पाएन । दिकपाल आफूले सिनेमा अब नपाउने प्रतिक्रिया दिइरहेका छन् ।

उनले फिल्म क्षेत्रमा हुने ग्रुपिजम  कारण फिल्म नपाउने बताएका छन् । यसैले फिल्ममा फर्किने संभावना नरहेको उनले बताएका छन् । दिकपालले ६ बर्षदेखि फिल्म पाएका छैनन् । दिकपाल फिल्म क्षेत्रमा ग्रुप बनाएर लागेको भए असफल भएको बेलामा पनि आफूले फिल्म पाउने बताइरहेका छन् ।  तर, २ वटा फिल्म असफल भएर निर्माताले नपत्याएको कुरालाई ग्रुपिज्मको दोष दिन मिल्छ र ?