एलिना र हिमालको ‘छोडेर नजाउ’ रिलिज

गायिका एलिना चौहान र गायक हिमाल श्रेष्ठको आवाजमा ‘छोडेर नजाउ’ गीतको भिडियो सार्वजनकि भएको छ । सार्वजनिक भएको गीतको भिडियोमा एलिना र हिमालकै अभिनय देख्न सकिन्छ । गायिका एलिनाले यस गीतमार्फत म्युजिक भिडियोमा डेव्यु गरेकी हुन् ।

सार्वजनिक भएको गीतमा विदेशीने नेपालीको कथामा आधारित रहेको छ । अन्य कलाकारमा देवांश शाह र देवांशी शाहको अभिनय रहेको छ । गीतको शब्द संगीत मनिष गोदारको छ भने भिडियोलार्ई राम कुमार केसीले छायाकंन गरेका छन् । गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन तथा निर्देशन गरेका छन् ।