मनोज गजुरेल र सिताराम कट्टेल (धुर्मुस) बने पाइलट

हास्य कलाकार मनोज गजुरेल र सिताराम कट्टेल (धुर्मुस्) पाइलट बनेका छन् । आजबाट यि दुइजनाले एउटै प्लेन उडाउन थालेका छन् । आजबाट प्लेन उडाउन थालेका मनोज र सितारामले आगामी २२ गतेसम्म मात्र प्लेन उडाउने अनुमती लिएका छन् । त्यस उताबाट भने प्लेन उडाउने छैनन् ।
उनीहरु बास्तवमा नै प्लेनका पाइलट बनेका भने होइनन् । उनीहरुले आज साउन १५ गतेदेखि सुरु हुने ‘गाईजात्रा विशेष कार्यक्रम’ मा आफुलाई पाइलटको भुमिकामा दर्शकमाझ देखा परेका हुन् । उनीहरुको गाइजात्रामा फरक भुमिका देख्न सकिन्छ ।

उनीहरुको फरक अवतारलाई दर्शकले ‘गाईजात्रा विशेष कार्यक्रम’ एपीवान टेलिभिजन बेलुका ८ बजेदेखि ९ बजेसम्म हेर्न सकिने छ भने गजुरेल युट्युव च्यानलबाट ९ बजेपछि हेर्न सकिने छ । त्यस्तै मनोज गजुरेललाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अवतारमा पनि देख्न सकिने छ ।
यस गाइजात्रा कार्यक्रममा यमन श्रेष्ठ, पशुपति शर्मा, चट्याङ मास्टर, अर्जुन पराजुली, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, सिताराम कट्टेल, कुञ्जना घिमिरे र राजा राजेन्द्रको पनि प्रस्तुति रहनेछ ।