परिवार सहित फिल्म ‘बाहुबली’ का निर्देशक राजमौलीमा कोरोना

बलिउडका फिल्मकर्मीलाई  कोरोनाले संक्रमण बढिरहेको छ । बलिउडकै बहु प्रतिक्षित फिल्म ‘बाहुबली’ का निर्देशक एसएस राजमौली पनि कोरोनाबाट संक्रमित भएका छन् । उनी सहित उनका सबै परिवारमा कोरोना पोजेटिभ देखिएको निर्देशक आफैले ट्वीटरमा ट्वीट गरेर जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत परिवारमा नै कोरोना पुष्टि भएको र हालसम्म सबैजनाको स्वास्थ अवस्था सामान्य रहेको बताएका छन् ।

निर्देशक राजमौलीले ट्वीट गर्दै लेखेका छन्, ‘मलाई र मेरो परिवारलाई केहि दिनबाट ज्वरो आइरहेको थियो । विस्तारै विस्तारै ठिक हुँदै जाँदा कोरोना जाँच गरायौ । जाँचको नतिजा आएपछि मात्र थाहा भयो कि कोरोना भाइरसको लक्षण हो । लक्षण थाहा पाएपछि सबैजना डाक्टरको सल्लाहमा होम क्वारेन्टाइनमा बसेका छौ ।’

निर्देशक राजमौलीले नयाँ फिल्मको तयारी गरिरहेका थिए । उनी फिल्म ‘आरआरआर प्रदर्शनको तयारीका अलवा अन्य फिल्मको काम गरिररहेका थिए । फिल्म ‘आरआरआर’ अजय देवगन, आलिया भट्ट, श्रेया सरन रहेका छन् ।