फिल्म ‘दानराज’ शुभमुहुर्त

डि.एस. डिजिटल सिनेमाको ब्यानरमा निमार्ण हुने फिल्मको बिहिबार साउन १५मा भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ । शंकर अधिकारी घायलको प्रस्तुती तथा शत्रुघन अन्सारी ,कल्याण रत्न कार्कीको निर्माण ,चेतन घिमिरे र सावर अधिकारीको सह निर्माण फिल्ममा रहेको छ ।

दानराज चौलागाईं, सुनिता दहाल, सोनाली ताम्राकार , करुणा श्रेष्ठ ,रबिन श्री, गंगा कुवँर, रबि खड्का ,सागर गुरु चौलागाईं ,तृष्णा खडका ,रमेस डिसि,शत्रुघन अन्सारी ,कल्याण रत्न कार्की मुना कुवर राणाको अभिनय फिल्ममा रहने भएको छ । फिल्ममा सफलता चौलागाईं ,स्वस्तिक चौलागाईं बालकलाकर भुमीकामा रहने फिल्म निर्देशक शंकर अधिकारी घायलले बताए । फिल्ममा कृष्ण पाण्डेको छायाँकन , देव महर्जन द्धन्द , बिश्वास भण्डारीको सम्पादन , नृत्य राम केसि र सन्दिप भुजेलको रहने छ । फिल्ममा समावेश गीतमा सुरेश अधिकारी, नित्या शिवा , परुषोतम न्यौपाने सन्तोष जिविको रहने भएको छ ।