छाडा गीत निकाल्नेप्रति प्रतिष्ठान कडा रुपमा प्रस्तुत , अटेर गरेमा कानुनी कार्वाही गरिने

तीजका नाममा मनपरी गीत बजारमा आएपछि चौतफी आलोचना सुरुभएको छ । तीज गीतको साटो रत्यौली गीज बजारमा आएको भन्दै लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केही गर्न नसकेको भनेर चौतफी आलोचना भएपछि प्रतिष्ठान यस विषयमा बोलेको छ ।

हिजो लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बिकृति विसंगती गीतलाई न्यूनीकरण गर्नका लागि कार्यदल गठन गरि विज्ञप्ती सार्वजनिक गरेको छ । शिब हमालको संयोजगत्वमा लोक तथा दोहोरी गीत प्रतिष्ठानले अपाच्य शब्दको साथमा गीत संगीत निकाल्ने संस्था तथा गायक गायिकासँग छलफल गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले भने, ‘अपाच्य शब्द गाएर क्षणिक चर्चामा आउन चाहेका कलाकार होइनन् , उनीहरु व्यापारिक हुन् जो व्यापार गर्न आएका हुन् । जसले गर्दा भोलीका पिँढीले नेपाली लोकगीत नै बिर्षने अवस्था आउन लागेको छ । यसले गर्दा यस्ता खाल्का गीतहरु रोक्नका लागि पहल गरेका हौँ । ’ यदि यस्ता गीतहरु बजारमा ल्याएको खण्डमा प्रतिष्ठानले दिने सेवा सुविधा सबै रोक्ने पनि प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए ।

कलाकारले बिकृति तथा अपाच्य शब्दका गीत बजारमा ल्याए प्रतिलिपि अधिकार रजिस्टार कार्यालयसंग छलफल गर्दै कानुनी कारबाहीमा जाने प्रतिष्ठानको भनाई छ । शिब हमालको संयोजगत्वमा गठित कार्यदल भित्र उपसंयोजक हरि डाँगी, कृष्ण रेउले, पी.एन सापकोटा, सदस्यहरु कुलेंद्र बिस्वकर्मा पूर्णकला बि.सी, महेन्द्र गौतम, अन्जली अधिकारी, युबराज मगर, जमुना राना, बिमल अधिकारी प्रकाश भट्ट लगायतका जम्मा ११ कलाकारहरुको टिम रहेको छ ।

हिजो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छलफल कार्यक्रममा उपस्थित सम्पूर्ण कलाकारहरुले अहिले बजारमा आएका अपाच्य शब्द सहितको गीत बजारमा ल्याएर भाइरल बन्न खोज्नेहरु प्रति प्रतिष्ठानले आपत्ति जनाएको छ । गायिका जोती मगरको ‘भ्रष्टचारीलाई मुत्ने गरि हान्ने, कमल बिसी र सर्मिला रायमाझीको ‘ बोको ’ जस्ता गीतहरु बजारमा आएका छन् ।