प्रकाश सपुतको निर्देशनमा केकीको मार्मिक अभिनय ‘बदला बरिलै ’ सार्वजनिक

अभिनेत्री केकी अधिकारी अभिनित नयाँ गीत बजारमा आएको छ । उनले अभिनय गरेको गीत ‘बदला बरिलै ’ बोलको गीतको भिडियो बजारमा आएको हो । देवीघर्ती मगरको आवाजमा रहेको यस गीतलाई प्रकाश सपुतले लय तथा शब्द लेखेका छन् । त्यस्तै भिडियोको कन्सेप्ट र डिरेक्सन पनि उनैले गरेका छन् ।

गीतमा केकी गायक बन्ने सपना बुनेको गाउँले केटीको भुमिकामा देखिएकी छन् । उनले रोधिमा गीत गाएर पुरस्कार पाएको दृश्य पनि देख्न सकिन्छ । पुरस्कार दिने बहानामा अतिथिले उनको हात सुम्सुम्याउने , गाला छुने जस्ता यौन दुव्र्यवहार गरेको दृश्य देख्न सकिन्छ ।
अन्तमा उसैले जंगलमा लगेर बलात्कर गर्छ । बलात्कृत भएपछि केकीले आत्महत्या गरेको दृश्य भिडियोमा देख्न सकिन्छ । गीतमा नै बलात्कारको सिकार बनेको दृश्य पनि मार्मिक तरिकाले देखाइएको छ ।

यस मार्मिक भिडियोलाई अनिल कृष्ण मानन्धरले खिचेका छन् । भिडियोमा केकीका अलवा धुर्व कोइराला , हिउवाला गौतम , अर्जुन आचार्य, भद्र कुवँर , सन्ध्या गौतम लगायतको अभिनय रहेको छ । गीतको भिडियोलाई प्रकाश सपुत युट्युव च्यानल मार्फत अपलोड गरिएको छ ।